३ कार्तिक २०८३, मंगलबार

कोरोना नियन्त्रणमा अपेक्षा अनुसार सफलता हासिल नभएको डब्ल्यूएचओको दाबी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रेस अडानोम गेबेरियससले धनी राष्ट्रका सक्षम मानिसले खोपमा प्राथमिकता पाउँदा गरिब राष्ट्रहरुमा कोराना नियन्त्रणको प्रयास असफल भएको बताएका हुन् ।

अहिलेसम्म विश्वका धनी ४९ देशले तीन करोड ९० लाख डोज पाउँदा एक गरिक देशले २५ डोज मात्रै पाएको प्रमुख टेड्रेसको भनाई छ । उनले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु उचित नहुने बताए ।

अहिलेसम्म अमेरिका, बेलायत, चीन, भारत र रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएका छन् । यस्तै फाइजरको खोप पनि तयार भएको छ । सबै खोप निर्माता तथा विकसित देशहरुले आफ्ना नागरिकलाई खोप लगाउनु पहिलो प्राथमिकतामा राखेका छन् ।

कोरोना भाइरसविरुद्धको प्रयासलाई लिएर डब्लुएचओ र चीनको आलोचना हुँदै आएको छ ।