काठमाडौं, ६ माघ । छनौट समितिले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।
सिफारिस हुनेमा डा. रामकण्ठ मकाजू, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेल छन् । यी तीनमध्येबाट एक जनालाई मन्त्रिपरषद्ले उपकुलपतिमा नियुक्त गर्नेछ ।











प्रतिक्रिया