६ मंसिर २०८३, आइतबार

मकवानपुरमा पाँच वटा मूर्ति चोरी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ६ माघ । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको तीन गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् ।

पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो ।

‘सदा झैँ हामी बिहान पूजा गर्न जाँदा मूर्ति चोरी भइसकेको रहेछ, हामी शिव लिङ्गको दर्शन गरेर फर्कियौँ’, विक्रम लामाले भनेका छन ।

चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् । नजिकै सरावत पौवामा रहेको ढुङ्गेधाराबाट हराएको मूर्ति भने गणेशको रहेको लामाले जानकारी दिए ।

तीन गजुर भएको शिवालय मन्दिर विश्वमै दुर्लभ मानिन्छ । पहिले सुनकै गजुर रहेको भए पनि चोरी भएपछि पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो ।

यो मन्दिर पुरातत्त्व विभागको सम्पदा सूचीमा रहेको छ । स्थानीयवासीले किराँतकालमै तीन गजुर भएको शिवालय निर्माण गरेको बताउँछन् ।