३ कार्तिक २०८३, मंगलबार

नेपालमा पनि ३ जनामा नयाँ प्रजातीको कोरोना भाइरस पुष्टि, सचेतता अपनाउन आग्रह

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेपालमा ३ जनामा नयाँ प्रजातीको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२८ वर्षीया एक जना महिला तथा ६७ र ३२ वर्षीय दुई जना पुरुषमा नयाँ प्रजातीको कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको हाल आरटी–पीसीआर रिपोर्ट नेगेटिभ रहे पनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जानकारी दिएको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङ पठाइएको नमूना परीक्षणको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई आजै प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

संक्रमित तीनै जना बेलायतबाट नेपाल फर्किएकाहरु हुन् । उक्त प्रजाती बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति–