३ कार्तिक २०८३, मंगलबार

ठूलोभर्‍याङस्थित एनआईसी एशिया बैंकको एटीएमबाट पैसा चोर्न खोज्ने पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ५ माघ । काठमाडौंमा एटीएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति नागार्जुन नगरपालिका–२ ठूलोभर्‍याङस्थित एनआईसी एशिया बैंकको एटीएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक छन् ।

उनलाई प्रहरीले आइतबार राति नै पक्राउ गरेको थियो । यसमा संलग्न अर्का साथी फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ भने पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।