
काठमाडौं, ५ माघ । नेपालका पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक ७६ वर्षीय गणेश परियारको आइतबार निधन भएको छ ।
केही समयदेखि विमारी रहेका परियारको छातीमा खराबी देखिएपछि पछिल्लो समय उपचारका लागि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका उनी नेपालको पहिलो संगीत संयोजन गर्ने व्यक्ति थिए । गायक, संगीतकार, भ्वाइलिनवादक आदिका रुपमा पनि उनलाई चिन्ने गरिन्छ ।
आर्मीमा हवल्दारसम्म भएपछि संगीतकर्मका लागि जागिर छोडेका उनी सेक्सोफोन र गिटार समेत बजाउँथे । ०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर सुरु गरेका उनले करारको रुपमा भने २०१९ सालदेखि नै रेडियो नेपालमा वाद्यवादकको काम थालेका थिए ।















प्रतिक्रिया