
काठमाडौं, ५ माघ । आइतबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि सामान्य कमी आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले कमी आएको छ । यसका साथै आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज आज तेजावी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले बताएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएको छ ।















प्रतिक्रिया