३ कार्तिक २०८३, मंगलबार

पुस २७ मा स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ५ माघ । पुस २७ गते स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज सोमबार बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको थियो ।

कांग्रेसले औपचारिक रुपमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ तर, प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने विषयमा प्रायः मौन छ । उसले आफ्ना विरोधका कार्यक्रमलाई समेत निर्वाचनको प्रचारमा परिणत गरिसकेको छ ।

तर, पार्टीकै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आन्दोलन चर्काएर प्रतिनिधिसभा पुनस्र्थापनामा जोड दिनुपर्ने बताउँदै आएका छन् । पौडेलको यो धारणामा पार्टी सभापति शेरबहादुर देउवा भने असहमत देखिन्छन् ।

यद्यपि, यस बीचमा कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र सम्पूर्ण स्थानीय तहमा सरकारको कदमको विरोध गरिसकेको छ । माघ ८ मा वडा तहमा विरोध प्रदर्शन तथा विरोधसभा आयोजना गर्ने तालिका छ ।

पार्टीका नेतृत्व र वरिष्ठ नेताबीच फरक–फरक धारणा आइरहेका बेला आजको केन्द्रीय समिति बैठकलाई राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण रुपमा हेरिएको छ ।