८ कार्तिक २०८३, आइतबार

एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ माघ । एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभाद्वारा पारित आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस शेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिति २०७७/१०/०२ गते सूचीकृत भएको छ ।

उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।

साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा २०७७/१०/०५ देखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनी महानुभावहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ ।

यो बैंक मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।