शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना भाइरसको संक्रमणका कारण एक सातामा दुई जना नेपालीको मृत्यु

दैनिक नेपाल २०७७ माघ ४ गते १५:३१

फाइल तस्वीर

काठमाडौं, ४ माघ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण यो साता विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो । थप २ जनाको मृत्युसँगै विदेशमा कोरोना भाइरसका कारण विभिन्न २० वटा मुलुकमा मृत्यु हुने नेपालीको संख्या ३१९ पुगेको हो ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० वटा देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत भएको बताइएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रीकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा शनिबारसम्ममा १ हजार ९५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित