शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कविता : अस्तित्वको लडाई

स्थिर घिमिरे २०७७ माघ ४ गते १३:४९

हामीले अस्तित्वको लडाई अझै लड्न बाँकि नै छ
पुग्नु थियो कहाँ ? त्यहाँ पुग्न बाँकि नै छ ।
देश र जनताको पक्षमा क्रियाशील हुँदै
अझै सुधार र प्रगति गर्न बाँकि नै छ ।

बेमेलले उग्रता फस्टाउनु फस्टायो यहाँ
अब बौद्दिक चिन्तन र तर्क गर्न बाँकि नै छ ।
वीर शहिदको आत्माले शान्ति पाउन
हामीले हाम्रो हर्षका आँसु झार्न बाँकी नै छ ।

केही बात छैन मित्रहरु ,बल्ल बिनासकहरु पन्छाईयो
अब यहाँ विकाशले गति ल्याउन बाँकि नै छ ।
गणतन्त्रको मर्ममा हान्ने ति बैगुनीहरुलाई
ठिक ठाउँमा ल्याइँदै छ, अझै ल्याउन बाँकी नै छ ।

त्यसैले, म भन्छु ! ए चेतनशील चिन्तकहरु
हामीले हाम्रो जनवादलाई सही दिशामा लान बाँकि नै छ ।
हामी थाकेर बस्यौं भने नि त्यो पुरा नहुन सक्छ
त्यसैले, जागरणको राँकोले सल्काएर हामी जाग्न बाँकि नै छ ।

घिमिरे राष्ट्रिय जन सांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित