३ कार्तिक २०८३, मंगलबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाहरूबारे संवैधानिक इजलाशमा सुनुवाई शुरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरूमाथि संवैधानिक इजलासमा आज आइतबारदेखि पुनः सुनुवाइ शुरू भएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले रिट निवेदनहरूबारे संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णयमा पुगेसँगै आजदेखि बहस शुरू भएको हो ।

संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर मत बाझिएकाले नियमित सुनुवाई हुन सकेको थिएन । अब भने सुनुवाइ लगातार हुने बताइएको छ ।