शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं उपत्यकामा आजदेखि अधिकांश विद्यालय खुल्न थाले

दैनिक नेपाल २०७७ माघ ४ गते ८:३५

काठमाडौं, ४ माघ । कोरोनाको जोखिम कायम रहेका बेला काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा आजदेखि खुल्ने भएका छन ।

निजी विद्यालयहरूले विद्यार्थीलाई बोलाएर भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन ।

कोरोनाको जोखिम कम भएको भन्दै नगरपालिकाहरूले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरूले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् ।

ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरूले विद्यालय खोल्न अनुमति दिइसकेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए ।

काठमाडौं जिल्लामा धेरैजसो नगरपालिकाहरूले विद्यालय खोल्न अनुमति दिएका छन् । काठमाडौं महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आज छलफल गर्दैछ ।

काठमाडौंमा पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित