शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मन्त्री ज्ञवाली स्वदेश फिर्ता, के के भए छलफल ?

दैनिक नेपाल २०७७ माघ ३ गते २१:५५

काठमाडौँ, ३ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वदेश फर्केका छन् ।

आफ्नो दुई दिने भारत भ्रमणबाट शनिबार मन्त्री ज्ञवाली स्वदेश फर्केका हुन् । उनले आफ्नो भ्रमणबाट दुई देशबीचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुद पार्न योगदान पुगेको बताएका छन् ।

ज्ञवाली नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत गएका थिए । भ्रमणले नेपाल र भारतविच रहँदै आएको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान पुगेको मन्त्री ज्ञवालीले बताए ।

भारतले कोभिड भ्याक्सिनको निम्ति नेपाललाई प्राथामिकतामा राखेको उनले बताए । त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडी बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए ।

बैठकमा रक्सौल, काठमाडौँ रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शिघ्र काम शुरु गर्ने सहमति गरेको छ । भैरहवामा एकिकृत चेकपोष्टको काम शिघ्र शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित