शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आफू रहुन्जेल जनताले रुनु पर्दैन, प्रचण्डका कारण समस्या आउन दिन्नँ: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ माघ ३ गते १६:५४

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहुन्जेल जनताले रुनु नपर्ने बताएका छन् ।

शनिबार नेकपा ओली पक्षको प्रदेश १ को प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले देश बर्बाद पार्न नपाएको भएर पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको मुहार अध्यारो भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड माधवले जनतालाई रुवाउन चाहेको भएपनि आफू रहुन्जेल त्यस्तो हुन नसक्ने बताएका छन् । आफूले देशभरका जनताको मुहारमा मुस्कान ल्याएको भन्दै ओलीले प्रचण्ड-माधवले चाहेर पनि मुस्कान खोस्न नसक्ने बताए ।

माओवादी आन्दोलनका क्रममा पनि सीमित व्यक्तिबाहेक बहुमत जनताले पीडा भोगेको भन्दै अब देशमा प्रचण्डको कारण समस्या आउन नदिने बताए । आफूले देश र जनताको पक्षमा काम गरेको भन्दै ओलीले सबै जनताका मुहारमा मुस्कान ल्याएरै छाड्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित