शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

शनिबार थप २४० जनामा कोरोना, ४७७ जना निको, ६ जनाको मृत्यु

दैनिक नेपाल २०७७ माघ ३ गते १६:२०

काठमाडौँ, ३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ७७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ जना पुगेको छ ।

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित