बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोनाको खोप लगाइन्छ: अर्थमन्त्री पौडेल

दैनिक नेपाल २०७७ माघ ३ गते १५:१०

फाइल तस्वीर

काठमाडौँ, ३ माघ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गरेका छन् ।

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सरकारले जनताको कुरा सुन्न निर्वाचनमा जाने निर्णय गरेको बताए ।

मन्त्री पौडेलले निर्वाचनसम्बन्धी विषयमा सर्वोच्चको निर्णय स्वीकार गर्ने पनि बताएका छन् ।

मन्त्री पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने बताए । निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिने उनको भनाई छ ।

त्यस्तै अर्थमन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्दको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जानकारी पनि बताए । उनले सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।

कोभिड १९ विरुद्दको भ्याक्सिन आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित