६ मंसिर २०८३, आइतबार

काठमाडौंको २१ ठाउँमा शनिबार बिजुली नआउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । काठमाडौंका २१ ठाउँमा शनिबार बिजुली काटिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिनेछ ।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली आउनेछैन ।