शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

शनिबार यस्तो रहनेछ देशभरिको मौसम, तराईमा शीतलहरको सम्भावना

दैनिक नेपाल २०७७ माघ ३ गते ८:४०

काठमाडौं, ३ माघ । देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झण्डै एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।

तराईमा हुस्सु र कुहिरो भने लागिरहेको छ । हुस्सु र कुहिरो निरन्तर रहेमा शीतलहरको सम्भावना छ ।

धेरै दिनदेखि तराईमा घाम नलाग्दा जनजीवन प्रभावित भएको छ ।

आउँदो तीन दिनसम्म नै मौसमी प्रणाली हिजोअस्तिको जस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शुक्रबार ५ दशमलव ३ डिग्री तापक्रम रहेकोमा आज बढेर ५ दशमलव ५ डिग्रीमा पुगेको छ ।

काठमाडौंमा बिहान र बेलीकीपख कुहिरो लाग्ने साथै दिउँसो तुवालो लाग्ने हुँदा तापक्रममा खासै घटबढ नभएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित