शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बिकिनी बोल्ड अवतारमा किम शर्मा

दैनिक नेपाल २०७७ माघ ३ गते ८:०१

मुम्बई । किम शर्माले सन् २००० मा ‘मोहब्बते’मार्फत बलिउडमा इन्ट्री गरेकी थिइन् । यो फिल्ममा उनी निकै उत्कृष्ट देखिइन् । कतिपयले उनलाई ‘मोहब्बते गर्ल नै भन्न थाले । उनले फिदा, जिन्दगी रक्सलगायत फिल्ममा पनि अभिनय गरिन् ।

हुनत फिल्ममा आउनुुअघि नै उनी क्लोजअप टुथपेस्ट, सनसिल्क स्याम्पुु, पेप्सी, टाटा सफारी, फेयर एन्ड लभ्लीलगायतका प्रडक्टको विज्ञापनमा देखिएकी थिइन् । तर, बलिउडमा इन्ट्री सुखद् रहेपनि उनको यात्रा लामो रहन सकेन । सन् २०१० पछि उनी कुनै पनि फिल्ममा देखिएकी छैनन् ।

सामाजिक सञ्जालमा भने यी अभिनेत्री निकै सक्रिय रहन्छिन् । उनी प्रायः आफ्ना हट तस्विरहरू शेयर गरेर इन्टरनेटमा हंगामा मच्चाउँछिन् । किमले फेरि एकपटक फ्यानहरूमाझ आफ्ना हट तस्विर शेयर गरेकी छिन । किमले ब्लाक बिकिनीमा आफ्नो बोल्ड अवतार शेयर गरेकी हुन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित