शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्ने समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण

दैनिक नेपाल २०७७ माघ २ गते २२:१२

काठमाडौँ, २ माघ । संवैधानिक इजलासका न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भनी प्रकाशित खबरप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले शुक्रवार जारी गरेको एक विज्ञप्ति जारी गर्दै रातोपाटी र नेपाल खबर अनलाइनमा प्रकाशित समाचारको खण्डन गरेको हो ।

विज्ञप्तिमा ‘न्यायपालिकाको स्वच्छता र अदालतको जनआस्थामा प्रतिकूल प्रभाव पार्ने मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोलकल्पित समाचार सम्प्रेषण हुनु दुःखद र खेदजन्य विषय हो’ भनी उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने गरी, सत्य र यथार्थ नबुझी समाचार प्रकाशन गर्नाले न्यायपालिका प्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कामबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनीयतामा पनि आँच आउन सक्ने अवस्था रहन्छ ।’

‘यस्ता कार्यहरु पत्रकार आचारसंहिता र कानून प्रतिकुल हुने भन्दै कानुनी दायरामा आउन सक्ने तर्फ सचेत हुन’ सर्वोच्चले ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित