शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रे र एशियन डेभलपमेन्ट बैंकबीच टीएसिफपी कार्यक्रमअन्र्तगत सम्झौता

दैनिक नेपाल २०७७ माघ २ गते १८:०७

काठमाडौँ, २ माघ । माछापुच्छ्रे बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीचएडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामअन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभन विक तथा माछापुच्छ्रे बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ ।

उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ ।

आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले एडीवीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास लिएको छ ।

स्थापना कालदेखि नै माछापुच्छ्रे बैंक लिरिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यवसायिक सेवाको क्षेत्रमा नयाँनयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिवद्ध रहँदै आएको छ ।

पुर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५१ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिन मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित