बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

फलाम जस्तो मजबुद र आत्मविश्वासी केपी शर्मा ओली

-रबिन रगत २०७७ माघ २ गते १७:३५


-रबिन रगत

संसारको हरेक मान्छेमा फरक फरक गुण अबगुण क्षमता हुन्छ तर त्यो क्षमता काहाँ कसरी कस्तो ठाउमा सदुपयोग गर्ने भन्ने अन्योलमानै मान्छेको क्षमता प्रदशन हुन पाउदैन । आफ्नो क्षमता प्रदशन गर्नको लागि आत्मविश्वास आत्मबल हुनु जरुरी छ ।

र सकारात्मक आत्मबललेनै सकारात्मक सोचाइमा आफुलाइ परिणत गरि आत्मविश्वासको साथ आफुलाइ दृढता साथ अगाडी बढाउन सकिन्छ ।

जब आफू भित्र रहेको आत्मविश्वास दृढ छ भने सानातिना हलचलले हल्लाउन सक्दैन, छुन सक्दैन । कसैको जालझेलले झुक्याउन सक्दैन ।

जब आत्मविश्वास दरिलो हुन्छ त्यहा जस्तोसुकै खराब स्थितीमा निरासा हुन दिँदैन जब आत्मविश्वास हुन्छ दुनिया आफैँ बदल्न सकिन्छ जसरी पृथ्वीनारायण शाहले आत्मविश्वासका साथ अगाडी बढ्दा नेपाल एकिकरण गरे । जङ्ग बहादुर राणाले कोतपर्व जस्तो घटना घटाएर देशको शक्तिशाली प्रधानमन्त्री बने ।

त्यसरी नै प्रधानमन्त्री केपी ओलिले आफ्नो क्षमताको प्रदशन गर्दैछन् । चौतर्फी विरोध हुँदा पनि उन्को आत्मबल गिरेको छैन जसरी सिंहले जस्तोसुकै परिस्थितिमा पनि घाँस खाएर आफ्नो भोक मेटाउदैन त्यसरी नै केपि ओली छलकपट र अन्यायको लागि लड्ने वाचाका सहित विरोधी तत्वहरुको अगाडी नझुक्ने दृढ विश्वासका साथ अगाडी बढिरहेका छन् ।

जसरी घरमा घरमुलि बाबा अथवा आमा आत्मबिस्वासका साथ अगाडी बढ्दा छरछिमेकिले छोराछोरीलाइ कसैले हेप्न सक्दैन चाहे उसको परिवार गरिब नै किन नहोस् ।

त्यस्तै देशको प्रमुख भनेको देशको अभिभावक हो जब देशको अभिभावक उच्च संकल्प लिएर विदेशी शक्ति सङ्ग आखामा आँखा जुधाएर बोल्न सक्छ आफ्नो मुल्य मान्यतामा अडिग रहन्छ । तब विदेशी शक्तिले पनि हेप्न सक्दैन । यसको लागि जग बलियो हुनुपर्छ ।

जग बलियो भयो भने कसैले हल्लाउन सक्दैन, यही कसैले हल्लाउन नसक्ने जग केपी ओलिले बनाउँदै छन् । त्यो जग हामिले नै बनाइदिएको हो ।

र फेरि पनि बनाइदिनु पर्छ किनकी हामीलाइ शक्तिशाली अडिग प्रधानमन्त्री चाहिएको छ जसले देशको बिकास सङ्गै हाम्रो इज्जत अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्दै विश्वमा हाम्रो देश नेपाल पनि छ भन्ने चिनाउन सकोस् र हामी हेपिन चेपिन नपरोस र समृद्धिको यात्रामा अगाडी बढ्न सकियोस् ।

सत्ताको लागि राजाको पाउमा मोहोर चढाउने र जनयुद्धको नाममा हजारौंले बलिदान गर्दा प्रभुको चरणमा लम्पसार पर्नेलाइ दुई तिहाईको हैसियत बनाइदिँदा हैसियत बिर्सेर फरक प्रसङ्गमा भनेको बयलगाढाको कथालाइ अहिले बयलगाढा भन्दै विरोध गर्नुको कुनै तुक छैन ।

मिचिएको भुमी नक्सामा राख्दा होस वा नाकाबन्दिको चरम परिस्थितिमा र भगवान रामको जन्मभूमि अयोध्यापुरी नेपाल चितवनको माडिमा नै छ भन्दा होस शक्तिशाली देश भारतले विरोध गर्दा पनि बिरोधको सामना गर्दै आफ्नो अडानबाट पछि नहटेका निडर सहासी केपि ओलि आज देश भित्रैका केही तत्वहरु विदेशी शक्तिको दुरुपयोग गरि सत्ता उल्टाएर अस्थिरताको विजारोपण गर्न विदेशी शक्ति डाक्ने देखि कुनै बहानामा भारत गएर तानाबाना बुन्नेहरुसँग पनि कति विचलित नभै देश र जनताको लागि जनताको नासो जनतामा नै सुम्पी जनताको जनादेशबाट सरकार बनाउन चुनाबको मिति घोषणा गर्दै जनतमा जान चुनौती दिदा चुनाब सङ्ग डराएका अस्थिरता वादीहरु छट्पटी रहेका छन् ।

लोकतान्त्रिक मुलुकमा जनता सार्वभौम हुन्छन सार्बभौमसत्ता नागरिकले आफुलाइ मन परेको दललाइ भोट हाल्न पाउनु जनताको नैसर्गिक अधिकार हो र त्यो अधिकारलाइ सदुपयोग गरि बहुमत दलले सरकार बनाइ लोकतन्त्रको रक्षा गर्दै देशलाइ अग्रगामी गतिमा दौडाउनु लोकतन्त्रको सुन्दर पक्ष हो ।

तर यहाँ देशी बिदेशी शक्तिको प्रभाबमा सरकारलाइ घेराबन्दी गर्दै विभिन्न दलहरुलाइ सडकमा आउन दैलो चाहार्दै र सत्तामा पुर्याइदिन हार गुहार गर्दै कहिले सड्कमा त कहिले बेन्क्युट्मा मान्छे भेला गर्दै छन् ।

त्यो भेलाले यदि सम्सद विघटन अदालतले बदर गर्यो भने पनि के समस्या समाधान हुन्छ त ? समधान हुन्छ भने कसरी हुन्छ यस्को स्पस्ट जवाफ कसै सङ्ग छैन ।

सत्ताको लागि राजाको पाउमा मोहोर चढाउने र जनयुद्धको नाममा हजारौंले बलिदान गर्दा प्रभुको चरणमा लम्पसार पर्नेलाइ दुई तिहाईको हैसियत बनाइदिँदा हैसियत बिर्सेर फरक प्रसङ्गमा भनेको बयलगाढाको कथालाइ अहिले बयलगाढा भन्दै विरोध गर्नुको कुनै तुक छैन ।

छलकपट गर्नेहरु सङ्ग नडराएका चरम परिस्थितिमा पनि नहडबढाएका र तत्कालीन शाही शासनमा पनि जनताको स्वतन्त्रता हकहितका लागि लड्दै जेलनेल भोगेका केपि ओलिको अडान भरोसा र आत्मविश्वास फलाम जस्तो मजबुत र बलियो छ ।

जुन मजबुद र आत्मविश्वासले उन्ले देखेका बिकासका सपनाहरुले छ्लाङ्ग अवश्य मार्नेछ र हामी नेपालिहरुको सुखी नेपाली र समृद्ध नेपालको चाहाना पूरा हुनेछ ।

इतिहास सामान्य मान्छेहरुको कोरिदैन । केपी ओलीले आफ्नो आत्मबल र आत्मविश्वासले इतिहास कोर्ने अवसर पाएका छन।यो अबसरलाइ अवश्य नै उनको आत्मविश्वासले मुर्तरुप पाउनेछ र फलाम जस्तो भनेर होइन बनेर नम्बर १ मजबुद हुनेछन् ।

र नेपालमा सफल राजनेताको रुपमा इतिहासमा कोरिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित