शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पुनर्गठित नेकपा (माओवादी केन्द्र) को घोषणा, ७ वटा पार्टी एकैठाउँ

दैनिक नेपाल २०७७ माघ २ गते १६:४६

 काठमाडौं, २ माघ । ७ वटा कम्युनिष्ट पार्टीबीच एकता घोषणा गर्दै पुनर्गठित नेकपा (माओवादी केन्द्र)को घोषणा गरिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ती पार्टीहरुले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् । केन्द्रले निरन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभूमिबाट आएका ७ वटा पार्टी एकतापछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो ।

नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविश्वर पराजुली रहने भएका छन् । कार्यक्रममा पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भविश्वर पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताए ।

उनले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियान चलेको भन्दै धुव्रीकरणले गति लिने बताए । उनले माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने बताए । उनले भने, ‘तत्कालीन माओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित नेकपा (माओवादी केन्द्र) गठन गरेर यहाँ सम्म आएका छौं ।’

प्रतिक्रिया
सम्बन्धित