
काठमाडौं, २ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३९० जना संक्रमित डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९४८ जना पुगेको छ ।
हालसम्म नेपालमा २० लाख ५ हजार १२५ जनाको नमूना परीक्षण गर्दा २ लाख ६६ हजार ८१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैमध्ये संक्रमण जित्नेको संख्या २ लाख ६० हजार ५६७ र मृत्यु हुनेको संख्या १ हजार ९४८ जना पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४०३ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट ३ हजार ८४ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६६ हजार ८१६ जना पुगेको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ५ हजार १२५ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ४ हजार ३०१ जना आइसोलेसन र २३१ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया