३ कार्तिक २०८३, मंगलबार

फोन–पे नेटवर्कमा आबद्ध बैंकको मोबाइल बैंकिङमार्फत कर तिर्न सकिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । फोन–पे नेटवर्कमा आबद्ध बैैंकको मोबाइल बैंकिङमार्फत आन्तरिक राजस्व कार्यालयहरुमा नगइकनै कर तिर्न सकिने भएको छ ।

अबदेखि करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन–पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङमार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन–पे पेमेन्ट सर्भिस लिमिटेडबीच हालै सम्झौता समेत भएको छ ।

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक आशु्तोष शर्मा र फोन–पेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्ने छन् ।

मोबाइल बैकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट समेत मुक्ति मिल्ने विश्वास गरिएको छ । फोन–पे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली अपरेटर हो । फोन–पे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने १ लाख ६० हजार भन्दा बढी मर्चेन्ट आवद्ध छन् ।