३ कार्तिक २०८३, मंगलबार

१३औं समूहको सवारीचालक उन्नत तालिम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) १३औं समूहको तालिम शुक्रबार सम्पन्न भएको छ ।

तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले सवारी साधनमा आएका समस्यालाई समाधान गर्न तालिममा सिकेका ज्ञान, शीपलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिए ।

मंसिर २३ गतेदेखि सञ्चालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार ९ र प्रहरी जवान १२ गरी कुल २७ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेका छन् ।