३ कार्तिक २०८३, मंगलबार

केटी जिस्काएको निहुँमा झडप हुँदा सप्तरीमा १५ जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २ माघ । सप्तरीमा एक किशोरीलाई जिस्काएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

रुपनी गाउँपालिका–३, हर्दिया कटैयामा स्थानीय १६ वर्षीया किशोरीलाई जिस्काएको निहुँमा बिहीबार राति भएको दुई समूहबीचको भनाभन झडपमा परिणत भएको बताइएको छ ।

झडपमा केटी पक्षका ८ जना र केटा पक्षका ७ जना गरी १५ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ । घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।