३ कार्तिक २०८३, मंगलबार

साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति मूल्यमा हुँदैछ कारोबार ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

आज शुक्रबार तोलामा ४०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अघिल्लोे दिन बिहीबार प्रतितोला छापावाल सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबारका लागि चाँदीको प्रतितोला मूल्य १ हजार २६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँमा करोबार भएको थियो ।