काठमाडौं, २ माघ । पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ।
बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकमा संसद विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रमहरू ल्याउनेबारे छलफल हुनेछ ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपाको दाहाल–नेपाल समूह आन्दोलनमा छ ।











प्रतिक्रिया