शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रदेश नं १ मा थपिए १६ कोरोना सङ्क्रमित

दैनिक नेपाल २०७७ माघ १ गते २०:३३

काठमाडौँ, १ माघ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा १६ कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा आठमध्ये विराटनगरमा चार, झापा र सुनसरीमा तीनरतीन तथा धनकुटा र प्रदेश बाहिरका एक÷एक जना छन् ।

अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ तथा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३८४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सो अवधिमा २९८ जनासहित कूल दुई लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित