१० कार्तिक २०८३, मंगलबार

मुद्दा मिलाइदिने भन्दै ९० हजार मागेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १ माघ । महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनि ९० हजार रुपैयाँ मागेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुर टिष्टुङ पालुङ नगरपालिका १२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि बहादुर घलानलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

घलान उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।