बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

चन्द्रागिरिको आईपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छूट

दैनिक नेपाल २०७७ माघ १ गते १७:१८

काठमाडौं, १ माघ । चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणका लागि हालै जारी गरेको साधारण शेयर (आईपीओ) मा आवेदन गर्ने आवेदकलाई चन्द्रागिरि केवलकारको सेवामा २५ प्रतिशत छूट प्रदान गर्ने भएको छ ।

बुधबार चन्द्रागिरि हिल्स रिर्सोटमा सम्पन्न चन्द्रागिरि हिल्स लिमिटेडको ११औं वार्षिक सधारणसभामार्फत यस्तो निर्णय गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कम्पनीको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वासको सम्मान गर्दै यस्तो व्यवस्था गरिएको बताए । सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकहरूको सम्मान गर्दै यो योजना सार्वजनिक गरिएको अध्यक्ष ढकालको भनाइ छ ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण देखाएर उक्त सुविधा प्रयोग गर्न पाउने छन् ।

यो योजना माघ ५ गतेदेखि १ वर्षसम्मका लागि मान्य हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित