३ कार्तिक २०८३, मंगलबार

देउवालाई लिएर पर्वत उडेको हेलिकप्टर गोरखामा ‘फोर्स ल्याण्ड’

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादर देउवालाई लिएर पर्वतका लागि उडेको हेलिकोप्टर गोरखामा ‘फोर्स ल्याण्ड’ गरिएको छ ।

पर्वतमा पार्टीको कार्यक्रमका लागि कांग्रेस नेता गोपालमान श्रेष्ठसहित देउवालाई लिएर उडेको कैलाश एअरको हेलिकोप्टर मौसमको खराबीका कारण गोरखाको पालुङटार नगरपालिकास्थित आँपपिपलमा आकस्मिक अवतरण गरेको हो ।

मौसम खराबीका कारण अवतरण भएको हेलिकप्टर १० मिनेटपछि पुजः पर्वतकै लागि उडेको प्रहरीले जनाएको छ ।