शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

दैनिक नेपाल २०७७ माघ १ गते १३:२३

काठमाडौं, १ माघ । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् ।

चालिसेका ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ र ‘मरूभूमिको फूल’ नामक अलग–अलग तीन वटा कृति बजारमा आएका हुन् । सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् ।

परिशीलन नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो जसमा विभिन्न १० शीर्षकमा लेखहरू रहेका छन् । त्यस्तै मरूभूमिको फूल भने नियात्रा तथा संस्मरणहरुको सङ्गालो हो । तीनवटै कृतिको प्रकाशक बीएन पुस्तक संसार रहेको छ ।

चालिसे नेपाली साहित्यमा मूलत कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुन् । उनले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखहरूको समेत रचना गर्दै आएका छन् ।

बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उनका करीब ६ दर्जन कृति प्रकाशित छन् ।

प्रतिक्रिया
सम्बन्धित