शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यमबुद्धको सम्झनामा र्याप गाउँदै सुनिल गिरीले भने– आजभोलि झलझली यमबुद्ध सम्झन्छु

दैनिक नेपाल २०७७ माघ १ गते १३:१५

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीले नेपहप गीत शब्दहरुको भिडियो सार्वजनिक गरेका छन् ।

नेपाली र्यापर अनिल अधिकारी (यमबुद्ध)को सम्झनामा उनी स्वार्गारोहण भएको ४ वर्ष पूरा भएको दिनमा बिहीबार गायक सुनिल गिरीले शब्दहरुको भिडियो सार्वजनिक गरेका हुन् ।

सोल्टिनी, को होला त्यो, कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता लोकलयमा आधारित दर्जनौँ गीतहरु नेपाली सांगीतिक क्षेत्रलाई दिएर चर्चा कमाएका गायक गिरीले पहिलो पटक यसरी र्याप गीतको भिडियो ल्याउनुको पछाडिको मुख्य कारण नै र्यापर यमबुद्धप्रतिको सम्मान भएको बताउँछन् ।

शब्दहरुमा यमबुद्धप्रतिको सम्मानमा उनले भनेका छन्, ‘आजभोलि झलझली यमबुद्धको सम्झना आउँछ ।’ र्याप गीतमा देखिएको बढ्दो विकृतिप्रतिको प्रहार र यमबृद्धको कामको तारिफ गर्दै गीतमा उनले खुलेर यमबुद्धप्रति सम्मानभाव प्रकट गरेका छन् ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया
सम्बन्धित