८ कार्तिक २०८३, आइतबार

देउवा फकाउन बुढानिलकण्ठ पुगेका प्रचण्ड–नेपाल यसरी हिस्स परेर फर्किए

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ। सरकारविरुद्धको आन्दोलनमा मोर्चाबन्दी कस्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गराउने प्रस्ताव बोकेर बुढानिलकण्ठ पुगेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल हिस्स परेर फर्किएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आन्दोलनमा मोर्चाबन्दी र प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीको कुर्सी नै जिम्मा लगाउने प्रस्ताव लिएर पुगेका थिए। देउवाले ‘यो कुर्सीको लोभले तपाईहरूलाई टुक्रा बनाउन लागेको छ, अझ टुक्रिएको छैन मलाई चाहिन्न’ भनेर फर्काएको स्रोतले जनायो।

सातै प्रदेशमा सरकारमा साझेदारीका लागि पनि प्रस्ताव गरिएको थियो। तर बुधबार साँझ यो प्रस्तावमा देउवा खासै रुची देखाउनेमा परेनन्।

अहिले अदालतमा प्रतिनिधि सभा विघटनबारेको मुद्दा रहेको र निर्णय गरेपछि कुन रणनीतिमा जाने भन्ने कांग्रेसको धारणा बन्ने भएपछि मोर्चाबन्दी र सहकार्य नहुने स्पष्ट उत्तर दिएपछि प्रचण्ड नेपालको अनुहार मलिन्द्र बनेको थियो।

देउवाले दिएको जवाफ आज बस्ने आफू पक्षीय स्थायी समितिको बैठकमा दुवैले ब्रिफिङ गर्नेछन्।

अहिले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी नै रहेको विषय उल्लेख गर्दै कुनै पनि प्रकारको प्रस्ताव तत्कालका लागि नल्याउन देउवाको आग्रह थियो।