आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सेन्ट्रल फाइनान्सले माघ २३ गते डाक्यो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्दै

दैनिक नेपाल २०७७ माघ १ गते ११:५०

काठमाडौं, १ माघ । सेन्ट्रल फाइनान्सले शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आगामी २३ गते साधारणसभा आह्वान गरेको छ ।

फाइनान्सले आफ्नो नयाँ कर्पोरेट भवन, कुपण्डोलमा बिहान ११ बजे २४औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिले सिफारिस गरेको चुक्ता पूँजीको ७ प्रतिशतले हुने रकम ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ १३ पैसा बोनस शेयर र ३ प्रतिशतले हुने रकम २ करोड ४७ लाख १ हजार ९ सय ३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले माघ १२ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेका छ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउनाका साथै लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित