काठमाडौं, १ माघ । निर्वाचन आयोगमा नेकपाको विवादसम्बन्धी कागजात अध्ययन गरिरहेका तथा आयोगका पदाधिकारीसमक्ष आफ्नो राय प्रस्तुत गर्दै आएका कानून तथा राजनीतिक दल महाशाखाका प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा भएको छ ।
गौतमलाई बुधबार काज सरुवा गरिएको हो । कानून मन्त्रालयको निर्णयबाट उनलाई कानून आयोगमा सरुवा गरिएको छ ।
नेकपाको विवाद बढेपछि आयोगमा उनले प्रारम्भदेखि नै दुवै पक्षबाट आएका कागजातको अध्ययन गरिरहेका थिए ।
उनको ठाउँमा गृह मन्त्रालयमा रहेका कानुनका सह–सचिव पुष्कर सापकोटालाई पठाइएको छ ।











प्रतिक्रिया