काठमाडौं, १ माघ । काठमाडौंको भद्रकालीमा बस दुर्घटना भएको छ ।
बिहीबार बिहान आकाशे पुलमुनि सवारी दुर्घटना भएको हो । पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । घाइते हुनेहरूमा चालक, सहचालक र एक यात्रु छन् ।











प्रतिक्रिया