बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनीमा’ भिडियोसहित सार्वजनिक

दैनिक नेपाल २०७७ पुष २९ गते २२:१९

काठमाडौं । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनीमा’ बोलको नयाँ गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

उक्त गीतको म्यूजिक भिडियोमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ । भिडियोमा उनलाई टेलिचलचित्रहरुमा चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् ।

विष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गीतको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोमा कालिका पौडेल प्रोड्युसरको रुपमा छन् ।

उदयराज शर्माको स्वरमा रहेको उक्त गीतमा अरुण तिवारीको शब्द र दिपक शर्माको संगीत, पुरुषोत्तम न्यौपानेको म्यूजिक एरेञ्जर र सागर सुब्बाको रेकर्डिङ छ ।

धादिङका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त गीतको भिडियो सार्वजनिक भएपछि दर्शकहरुले राम्रो प्रतिक्रिया जनाइरहेको सञ्चारकर्मी तथा गायक शर्माले बताएका छन् ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया
सम्बन्धित