३ कार्तिक २०८३, मंगलबार

कतार विज्ञ रमाजन अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक प्रकाशन हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । १३ वर्षको कतार बसाइको अनुभव समेटेर कतार विज्ञ प्राध्यापक मोहम्मद रमजान अलि मियाँले ‘मैले देखेको कतार’ पुस्तक निकाल्ने भएका छन् ।

मियाँले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पुस्तका प्रकाशन हुनेबारे जानकारी गराएका हुन् ।

पुस्तकमा कतारमा रहेका नेपालीको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषय समेटिएको लेखक प्रा. मियाँले बताए ।

घोस्ट राइटिङ नेपालले पुस्तकलाई प्रकाशन गर्नेछ ।

पुस्तकमा कतारमा नेपाल, नेपालमा कतार र कतार–नेपाल–कतार गरी तीन खण्ड रहने बताइएको छ । पुस्तकमा कतार र नेपालबीच रहेको मैत्री सम्बन्धलाई गहिराईमा गएर उत्खनन गरिएको लेखक प्रा. मियाले बताए । पुस्तकलाई माघ महिनाभित्र निकालिने घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताए ।

करिब १३ वर्षको समय कतार बसेको प्रा. मियाँले कतार भौगोलिक रुपमा सानो भएपनि आर्थिक तथा विकासको दृष्टिबाट नेपालले निकै फाइदा लिन सक्ने बताए ।