शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दैनिक नेपाल २०७७ पुष २९ गते १९:०८

काठमाडौँ, २९ पुस । यहाँ आज बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका–६ वरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित