बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनएमबि बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न, १६.२ प्रतिशत लाभांश दिने

दैनिक नेपाल २०७७ पुष २९ गते १७:२१

काठमाडौँ, २९ पुस । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मिति २०७७ पुस २९ गते, वुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौँमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।

कोभिड १९ का कारण हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अरबबाट बृद्धि गरी रु.२० अरव पुर्याउने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित