शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

क्लासिक टेकको ग्राहकलाई रिचार्जमा ‘महा छुट अफर’

दैनिक नेपाल २०७७ पुष २९ गते ११:५३

काठमाडौं, २९ पुस । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ ।

हरेक ग्रहक ले रु २८१६ देखिन रु ४१३० क्यास डिस्काउन्ट र २ महिन बोनुस् सम पाहुनेछन् । कम्पनीले यो अफर अनलाईनमार्फत रिचार्ज गर्नेहरूका लागि उपलब्ध गराएको हो ।

कोरोनाभाइरसका कारण ग्राहकहरूकै सुरक्षालाई ध्यानदिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरीय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा‘महा छुट अफर’दिएको छ ।

सहज र उत्कृष्ट सेवा प्रवाहगर्दै ग्राहकहरूको मन जित्न सफलकम्पनीले ग्राहकहरूको फाइदा सुविधाका लागि विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउने गर्दछ । यस्तो उत्कृष्ट प्याकेजमा अफरहरूले ग्राहकहरूलाई थप आर्थिक लाभ मिल्ने कम्पनीले जनाएको छ ।

ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाईनमार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट पाउँछन् । २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ ।

६ महिनाको रिचार्ज शुल्कभुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवाउपलब्ध छ ।

यो भनेको ग्राहकले ६ महिनाको शुल्कतिर्दा थप एक महिना सेवाउपलब्धहुनु हो । तीनमहिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित