८ कार्तिक २०८३, आइतबार

संसद विघटन सुनुवाईः संवैधानिक इजलासमा कार्कीको रिप्लेस सपना मल्ल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश सपना प्रधान मल्लाई राखेका छन्।

कार्कीले इजलाशमा नबस्ने स्वघोषणा गरेपछि उनको रिप्लेसमा मल्ललाई राख्दै प्रधानन्यायाधीश राणाले संवैधानिक इजलाशको गठन गरेका हुन्।

सबै रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। मल्ल २०७३ सालमा सर्वोच्चको अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। उनी कनिष्ठ न्यायाधीशमा पर्छिन्।

संवैधानिक इजलासमा अन्य न्यायाधीश भने यथावत छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको ९ महिने सरकारका महान्यायाधीवक्ता बनेकाले स्वार्थ बाझिन सक्ने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएपछि कार्कीले इजलाशमा नबस्ने घोषणा गरेका थिए।