बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘मोडल हन्ट नेपाल’को आवेदन खुल्ला

दैनिक नेपाल २०७७ पुष २९ गते १०:०६

काठमाडौं । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण सुरु भएको छ ।

आयोजक नेक्स्ट मोडल्स नेपालले ‘मोडल हन्ट नेपाल’को नयाँ सेसनका लागि आवेदन खुल्ला भएको जनाएको हो ।

१६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च उचाइँ तथा युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइँ हुनुपर्ने मुख्य प्रावधान राखिएको छ ।

उचित ज्ञान सहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने ब्यावसायिक मोडल उत्पाद गर्ने उदेश्यले बिगत ६ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवा युवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिताका लागि पहिलो चरणको अडिसन अगामी माघ १० गते काठमाडौंमा आयोजना हुँदैछ । पहिले चरणको प्रतियोगितामा छानिएका प्रतियोगीले मात्र फाइनल प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् ।

फाइनल प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई मोडलिङ सम्बन्धी व्यक्तित्व विकाश, शारीरिक बनावट, मोडल हिंडाइँ, आत्मविश्वास, एटिट्युडलगायत विभिन्न थीममा आधारित फोटोशुट, रनवे प्रस्तुतिकरणलगायतका ३५ दिनको ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगिताको विजेताले नगद एक लाख सहित उपाधिका साथमा दक्षिण कोरियामा सचालन हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिताको अवसर प्राप्त गर्नेछन् भने मोडलिङको विभिन्न विधा तथा मिडिया विशेष अवसर प्राप्त गर्नेछन् ।

यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा तस्बिरको अवसर समेत प्राप्त आयोजक जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित