शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘मिस्सिएर दुइटा खोला’को भिडियो रिलिज, रुपक–आयुष्माको जोडी

दैनिक नेपाल २०७७ पुष २९ गते ९:२१

काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द रहेको ‘मिस्सिएर दुइटा खोला’ बोलको गीत रिलिज भएको छ ।

मंगलबार साँझ गोल्डेन क्रिएशनको युट्युब च्यानलबाट ‘मिस्सिएर दुइटा खोला’ बोलको म्युजिक भिडियो रिलिज भएको हो । गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन् । गायिका रिता केसी र गायक राज सागरको स्वर रहेको गीतमा देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन् ।

म्युजिक भिडियोको निर्देशन अमर ओलीले गरेका छन् । निर्देशक ओलीले गीतको शब्द र संगीतअनुसार म्युजिक भिडियोको कथा परिकल्पना गरिएको बताए । उनले भने, ‘म्युजिक भिडियोले गीतको शब्दको मर्मलाई मर्न दिएको छैन । हामीले त्यो प्रयास गरेका छौँ ।’ ओलीले ठूलो पर्दाका फिल्महरू निर्देशन गर्दै आएका छन् ।

संगीतकार श्रेष्ठले सदाबहार गीत भएकाले यसको दीर्घकालसम्म प्रभाव रहने बताए । उनले भने, ‘यो गीत सदाबहार गीत हो । कालीप्रसाद रिजाल जस्तो वरिष्ठ गीतकारको शब्दमा संगीत भर्न पाउनु मेराका लागि भाग्यको कुरा पनि हो ।’

रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीको अभियन रहेको म्युजिक भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।

मोडल रुपक सिंह खड्काले गीतको म्युजिक भिडियो राम्रो बनेको बताए । उनले ‘मिस्सिएर दुइटा खोला’मा राम्रो काम गर्ने प्रयास गरिएको बताए । उनले भने, ‘म्युजिक भिडियो समग्रमा राम्रो छ । बरु मबाट केही कमीकमजोरी भएको छभने आउने भिडियोहरूमा सुधार गर्नेछु ।’

प्रतिक्रिया
सम्बन्धित