शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पत्नीसँग कुरा गरेको पाँच मिनटमा लण्डनमा नेपाली युवकको हत्या

दैनिक नेपाल २०७७ पुष २९ गते ८:२५

लण्डन । बेलायतको लण्डनमा नेपाली युवक ३५ वर्षीय बिक्रम केसीको हत्या भएको छ ।

केसीको हत्या स्थानीय समय आइतबार राति दश हत्या भएको नेपलिज सेफ एसोसिएसन युकेका अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिएका छन् । केसीले सेफको काम गर्दै आएका थिए ।

लण्डन इस्टकोट स्टेशन अगाडि झगडा हुँदा केसीको हत्या भएको अध्यक्ष तिमल्सिनाले जानकारी दिएका छन् ।

मुस्लिम समुदायका २१ वर्षीय युवकले कुटपिट गरेपछि केसीको घटनास्थलमा मृत्यु भएको जनाइएको छ । हत्यामा संलग्न ती युवकलाई स्थानीय प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । केसी र ती मुस्लिम युवकबीच सामान्य विवाद हुँदा झगडा भएको जनाइएको छ ।

सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवकबीच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण खुल्न सकेको छैन् ।

हत्या हुनुभन्दा ५ मिनट अगाडि केसीले आफ्नी श्रीमतीलाई फोन गरेर ‘म ५ मिनेटमा घर आइपुग्छु’ भनेको तिमल्सेनाले बताएका छन् ।

हत्या गरिएका केसी भारत, कुवेत हुँदै सन् २००७ मा लण्डन आएका थिए । काठमाडौं घर भएका केसी श्रीमती र भाई–बुहारीका साथ लण्डनमा बस्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित