
दोहा, २८ पुस । कतार एयरवेजले दैनिक सेवाका साथ साउदी अरब अधिराज्यको लागि उडान फेरि सुरु गरेको छ ।
हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोहाबाट किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका लागि क्युआर ११६४ स्थानीय समय १३ः४५ बाट उडान भर्दै १५ः१० मा सुरक्षित रूपमा आफ्नो गन्तव्यमा अवतरण गरेको छ । उडान कतार एयरवेजको एयर बस ए३५०–१००० द्वारा सञ्चालन गरिएको थियो ।
यही साता कतार एयरवेजले जेद्दाहको लागि शुक्रबार जनवरी १५ (क्युआर ११८८ दोहाबाट १८ः५० मा प्रस्थान) र दम्मानका लागि शनिबार जनवरी १६ (क्युआर ११५० दोहाबाट १७ः१०मा प्रस्थान)बाट उडान पुनः सुरुवात गर्दैछ ।
साउदी अरब अधिराज्यबाट यात्रुहरुले फेरि पनि कतार एयरवेजको लोकप्रिय क्युसुइटको लाभ उठाउन सक्नेछन् जसमा स्लाइड हुने ढोका तथा ‘डु नट डिस्टर्ब’ संकेत गर्ने इन्डिकेटर हुन्छ ।
क्युसुइटको सिट लेआउटले यात्रुहरुलाई पूर्ण रुपमा निजी, आरामदायी तथा सुरक्षित यात्रा सुनिश्चित गर्दछ ।















प्रतिक्रिया